काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम सभापति देउवाले विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका हुन् ।
अन्य विभाग गठन नभए पनि प्रचार विभागको प्रमुख मनोनयन गर्नुलाई देउवाले उनलाई पार्टी प्रवक्ता बनाउन त खोजेका हैनन् भन्ने चासो उत्पन्न भएको छ ।
कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत छन् । उनी अहिले अर्थमन्त्रीको जिम्मेवारीमा पनि छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।