काठमाडौं - नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ। कोरोना भाइरस संक्रमित विश्वकर्मा हाल ग्राण्डी अस्पतालमा उपचाररत छन्। प्रतिनिधिसभाका सदस्यसमेत रहेका विश्वकर्माको उपचारमा सरकारले विशेष ध्यान दिन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँभाणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी आग्रह गरेका हुन्।
‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरेर मैले माननीय मीन विश्वकर्माको उपचारमा ध्यान दिन आग्रह गरेँ,’ खाँणले भने, ‘उहाँहरुले सकरात्मक जवाफ दिनु भएको छ।’ कोरोना भाइरसको संक्रमणसँगै फोक्सोको निमोनिया र स्वासप्रश्वासको समस्याले ग्रस्त विश्वकर्मालाई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको खाणले नै जानकारी दिए।
कांग्रेस नेता विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनयता अस्प्तालमै राखेर उपचार सुरु गरिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।