काठमाडौं - कोरोना संक्रमणसँगै फोक्सोको निमोनियाले थलिएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य मिन विश्वकर्माको स्वास्थ्यमा केही सुधार देखिएको अस्पतालले जनाएको छ।
कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि ग्रान्डी अस्पतालको भेन्टिलेटरमा सारिएका नेताको स्वास्थ्यमा केही सुधार आएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिएका हुन्। स्वास्थ्यमा जटिर समस्या देखिएका कारण अझै केही समय प्रतीक्षा गर्नु पर्ने अस्पतालको भनाई छ।
। कात्तिक १ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसन बसिरहेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि वीर अस्पताल पुग्नु भएको थियो । तीन दिन वीरमा राखिएका नेता विश्वकर्माको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई ग्राण्डी अस्पताल सारिएको थियो । ग्राण्डीले आइसीयूमा राखेर उपचार गरेपनि स्वास्थ्य स्थिति जटिल भएको भन्दै शनिबार भेन्टिलेटरमा सारिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।