बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस सांसद मीन विश्वकर्माकाे उपचार खर्च सरकारले बेहोर्ने

कांग्रेस सांसद मीन विश्वकर्माकाे उपचार खर्च सरकारले बेहोर्ने

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 6.4K
    SHARES

  • कांग्रेस सांसद मीन विश्वकर्माकाे उपचार खर्च सरकारले बेहोर्ने

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले नै बेहोर्ने भएको छ। बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको हो।

    कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो । कोरोना संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बसेका थिए भने स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई पछि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।

    कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कात्तिक २४ गतेबाट विश्‍वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ९ २०७८०२:२८:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend