काठमाडौं - नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ। चिकित्सकहरुले ७२ घण्टे ट्रायल पछि उनलाई भेन्टिलेरबाट पनि निकालेका छन्।
‘दाइको स्वास्थ्यमा सुधार भएको छ। चिकित्सकहरु र अरु केही सिमित मान्छेसँग बोलचाल पनि गर्नु भएको छ,’ उनका स्वकीय सचिव टेक विकले भने, ‘अब निगरानी बढि नै गर्नुपर्ने भए पनि अबस्था एकदमै सुधारोन्मुख रहेको चिकित्सकहरुले जानकारी दिनु भएको छ।’
कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका विकको फोक्सोमा पानी जमेपछि स्वास्थ्यमा गम्भिर समस्या आएको थियो। स्वकीय सचिव विकका अनुसार ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत विकको गत मंगलबार मात्रै होस खुलेको थियो। होस खुले पनि राम्रोसँग बोलचाल नसकेपछि चिकित्सकहरुले भेन्टिलेटरमै राखेर थप उपचार जारी राखेका थिए।
गत कात्तिक १ गते कोरोना कोरोना पुष्टि भएपछि विश्वकर्मा आफ्नै निवासमा होम आइसोलेसन बसेका थिए। स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनी कात्तिक ९ गते वीर अस्पतालको भीआईपी क्याबीनमा उपचारका लागि भर्ना भएका थिए। कोरोनासँगै फोक्सोको निमोनियाले ग्रस्त भएपछि उनी ग्राण्डी अस्पताल भर्ना भएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।