काठमाडौं- २०५१ सालदेखि एमालेको राजनीतिको केन्द्रमा रहेका सुवासचन्द्र नेम्वाङले जीवनमै ठूलो हारको सामना गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग दोब्बरभन्दा बढी मतले पराजित भएको मात्र होइन, संसदमा रहेका कुनै पनि दलको साथ नपाउनुले पनि नेम्वाङको उपादेयता नेपालको राजनीतिबाट सकिएको सबैले अनुभूति गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा दुई दुईपटक प्रतिनिधिसभा विघटन गर्दा त्यसको प्रतिवाद गर्नु त कहाँ हो कहाँ, उल्टै ओलीकै बभाउ गरेपछि नेम्वाङप्रति सबैको विश्वास र भरोसा गुम्दै गएको हो ।
त्यसैले अहिले इलाममा उनको विरोध र आलोचना हुन थालेको छ । कांग्रेस नेता पौडेलसँग राष्ट्रपतिमा पराजित भएलगत्तै सामाजिक सञ्जालमा नेम्वाङको आलोचना गर्दै स्टाटस आउने क्रम बढेको छ ।
इलाम २ मा धाँधली गरेर चुनाव जिते जस्तो राष्ट्रपतिमा जित्न सकिन्न भन्दै उनको आलोचना हुन थालेको हो । मतदान अधिकृतलाई किनेर, कोही नभएको बेला पनि आफ्नो मात्र मतगणना गरेर, मतगणनामा धाँधली भएको भन्दै स्थगित गर्न माग गर्दा पनि पेलेरै ११६ मतले नेम्वाङलाई जिताइएको थियो ।
त्यसपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा हालेका छन् । तर, त्यो मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाइयो ।
चुनावमा धाँधली गरेर जितेर आएको व्यक्तिलाई राष्ट्रपति जस्तो सम्मानित र मर्यादा भएको पदमा नेम्वाङलाई उम्मेदवार बनाएपछि इलामेली आक्रोशित भएका हुन् ।
यदि नेम्वाङको मुद्दा किनारा लगाएर मात्र देशकै सर्वोच्च पदमा उम्मेदवारी लगाएको भए हुन्थ्यो भन्दै लज्जास्पद हारपछि अब कसरी नेम्वाङले इलाममा मुख देखाउलान् भन्दै उनको विरोध हुन थालेको हो ।
नेम्वाङलाई चुनावका बेला मात्र इलाम आउने, अरु बेला काठमाडौंमै शानदारका साथ जीवन बिताउने आरोप लाग्ने गरेको छ । हुन पनि उनी पाँच वर्षमा पाँचपटक पनि जिल्ला नटेक्ने एमाले नेतामा पर्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।