काठमाडौं - काठमाडौं ५ मा अहिलेसम्म २८ हजार ७३ मतगणना भएको छ । यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा निर्वाचनमा ४५ हजार नौ सय ९७ मत खसेको थियो ।
हालसम्म यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लिड गरिरहेका छन् । उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई २८ सय २६ मतान्तरले पछाडि पारेका छन् ।
पौडेलले नौ हजार एक सय ९६ र पोखरेलले ६ हजार तीन सय ७० मत पाएका छन् । अब १७ हजार मत गन्न बाँकी छ । चुनावी मैदानमा १४ स्वतन्त्रसहित २९ जना रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।