बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

विप्लव चुनावमा जानुपर्ने पक्षमा देखिएपछि नेकपा फुटको संघारमा

विप्लव चुनावमा जानुपर्ने पक्षमा देखिएपछि नेकपा फुटको संघारमा

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ४ २०७८

  • 6.3K
    SHARES

  • विप्लव चुनावमा जानुपर्ने पक्षमा देखिएपछि नेकपा फुटको संघारमा

    काठमाडौं - एक वर्षअघि फागुनमा भूमिगत राजनीतिक छाडेर मूलधारको राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा फेरि फुट्ने अवस्थामा पुगेको छ ।

    सो पार्टीका महासचिव विप्लव चुनाव उपयोग गरेर जानुपर्ने पक्षमा उभिएपछि नेकपा फुटको संघारमा पुगेको हो । पार्टी सचिवालय बैठकमा विप्लव औपचारिक रुपमै चुनावमा सहभागी हुने प्रस्ताव राखेका थिए ।

    दुई दिनसम्म काठमाडौंमा चलेको पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावमा प्रवक्ता खड्कबहादुर बिश्वकर्मा मात्र देखिए ।

    चुनावको विपक्षमा हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला उभिए भने सचिवालय सदस्य सन्तोष बुढा मगर दुवै पक्षमा नखुलेपछि विप्लव संकटमा परेका हुन् । दुई दिनसम्म बसेको बैठक विनानिष्कर्षमै टुंगिएपछि विप्लव सन्तोष बुढालाई मनाउन लागिपरेका छन् ।

    यदि तीनजना चुनावको पक्षमा उभिए पनि ओली र बास्तोला भने अलग बाटोमा हिँड्ने बुझिएको छ । विप्लवले बैठकमा पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेको र जनताबाट अलग्गिने भन्दै चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएको बताइन्छ ।

    तर, ओली र बास्तोलाले दोस्रो संविधानसभाको निर्वाचनसहित त्यसपछिका निर्वाचन बहिस्कार गरेको औचित्य पुष्टि नहुने बताएका थिए ।

    नेता बास्तोलाले तीन बुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा चुनावमा जानु प्रतित्पादक हुने बताउँदै चुनावमा सहभागी हुने भए अहिलेसम्म बहिस्कार गरेको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखेका थिए ।

    विप्लव नेकपा चुनावमा सहभागी भए सो पार्टीको जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली आ–आफ्नो रणनीति बनाउन लागेका छन् ।

    स्रोतका अनुसार विप्लव माओवादी केन्द्रभन्दा एमालेसँग मिलेर जानुपर्ने पक्षमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ३० २०७८०७:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend