काठमाडौं – नेपाली राजनीतिमा उथलपुथल आएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे ।
प्रचण्ड सत्तारुढ दलका नेता भएका कारण आफ्ना मागका विषयमा छलफल गर्न विप्लव प्रचण्ड निवास पुगेका छन् ।
प्रचण्ड र विप्लवबीच छलफल चल्दै गर्दा प्रचण्डपत्नी सीता दाहाल बैठक कक्षमा पुगिन् । सीताले सुरुमा विप्लवलाई चिन्न सकिनन् ।
सीता लामो समयदेखि बिरामी रहेकीले आगन्तुकलाई चिन्न र कुराकानी गर्न सक्दिनन् । तर पछि अरुले स्मरण गराएपछि सीताले विप्लवलाई चिनिन् र भावुक हुँदै अंगालो हालिन् ।
विप्लवसँगै प्रचण्ड भेट्न खुमलटार पुगेका नेकपा नेता धर्मेन्द्र बास्तोलाले भावुक हुँदै सीता म्याडमले विप्लवलाई अंगालो हालेको जानकारी दिए । उनले भने, ‘सुरुमा सीता म्याडमले चिन्नुभएन, एकोहोरो हेर्नुभयो । पछि चिन्नुभएछ अनि भावुक हुँदै अंगालो हाल्नुभयो । त्यसपछि माहोल नै पारिवारिक जस्तै बन्यो ।’
प्रचण्डसँगको भेटमा विप्लवले बन्दी बनाइएका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताबारे छलफल गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।