आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता, यस्तो छ नयाँ 'गेम प्लान' !

प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता, यस्तो छ नयाँ 'गेम प्लान' !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 7.0K
    SHARES

  • प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता, यस्तो छ नयाँ 'गेम प्लान' !

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको आरोप लगाउँदै पार्टीमा निषेध गरेको घोषणासँगै कम्युनिस्ट पार्टी एकीकरणको प्रयास सुरु भएको छ । यसको सुरुवात नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सुरु गरेका हुन् ।

    तीन वर्षपछि विप्लवले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर माओवादी पार्टी एकीकरण गर्न प्रस्ताव राखेका थिए । आज प्रचण्ड र विप्लवले एमाले वरिष्ठ नेता माधव नेपाललाई उनकै निवास कोटेश्वरमा भेट गरेका छन् । 

    माधव नेपाल, विप्लव, धर्मेन्द्र बास्तोलासँग भेटवार्ता भइरहेको समयमै प्रचण्ड पुगेपछि थोरै समय चार नेताबीच अलग्गै छलफल भएको थियो । त्यसपछि नेपाल–प्रचण्डबीच अलग्गै छलफल भएको थियो ।भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइन्छ ।

    एमाले अध्यक्ष केपी ओलीलाई एक्ल्याएर अघि बढ्ने विषयमा प्रचण्ड र माधव नेपालबीच सहमति भएको बुझिएको छ । यदि नेता नेपाललाई एमालेमा बस्न दिइएन भने पार्टी विभाजन गरी एकीकृत नेकपा गठन गर्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend