काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वर पुगेका छन् ।
कोटेश्वरस्थित नेपाल निवासमा नेताहरूबीच भेटवार्ता भइरहेको छ । नेता नेपाल सरकार नजिक रहेकाले विप्लव भेट्न पुगेका जनाइएको छ ।
महासचिव विप्लवले आफ्ना माग पूरा गराउन सरकारमा रहेका नेताहरूलाई भेट्दै आएका छन् । यसअघि विप्लवले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने गरेका थिए ।
विप्लवसँगै नेता धर्मेन्द्र बास्तोला समेत रहेका छन् । यसअघि बुधबार विप्लवले प्रचण्डलाई खुमलटारमा भेटेका थिए । विप्लवलाई आफ्ना नेता कार्यकर्ता रिहाइको माग राख्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।