बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आज देशभर विप्लवको नेपाल बन्द, कस्तो छ प्रभाव ? यी क्षेत्र खुलै !

आज देशभर विप्लवको नेपाल बन्द, कस्तो छ प्रभाव ? यी क्षेत्र खुलै !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ३० २०७८

  • 3.6K
    SHARES

  • आज देशभर विप्लवको नेपाल बन्द, कस्तो छ प्रभाव ? यी क्षेत्र खुलै !

    काठमाडौं – नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर नेपाल बन्द आह्वान गरेको छ ।

    नेपाल बन्दका कारण मंगलबार बिहानैदेखि यात्रुले सास्ती भोगेका छन् ।

    लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुलाई बिहानै सास्ती भएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका हुन् ।

    काठमाडौंका कलंकी, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरूले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि गाडी पाइएका छैनन् ।

    अत्यावश्यक कामले काठमाडौं बाहिर जानुपर्ने यात्रुहरू समेत चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाडौं आइपुगे पनि काठमाडौंबाट छुट्ने गाडी भने नगन्य रहेका छन् ।  

    बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन भएका छन् । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो रहेको छ ।

    सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी सामान्य रूपमा चलिरहेका छन् ।

    बन्द आयोजक नेकपाले अत्यावश्यक सेवाहरू मेडिकल, अस्पताल, एम्बुलेन्स, दुध र तरकारी ढुवानीका साधन खुलै रहने जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २९ २०७८०४:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend