बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

केपी ओलीले धोका दिएपछि वारपारको हिसाब लिँदै विप्लव नेकपा !

केपी ओलीले धोका दिएपछि वारपारको हिसाब लिँदै विप्लव नेकपा !

  • मिडिया डबली
  • आइतवार, आषाढ २० २०७८

  • 5.9K
    SHARES

  • केपी ओलीले धोका दिएपछि वारपारको हिसाब लिँदै विप्लव नेकपा !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति कार्यान्वयन नगरेर धोका दिएको निष्कर्षसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता आज आईतबार बालुवाटार जाँदैछन् ।

    ओली सरकारले गरेको सहमति कार्यान्वयनमा ढिलाइ भएपछि मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेकपा ओलीसँग असन्तुष्ट भएको छ ।

    गत फागुन २१ गते विप्लव नेकपा र ओली सरकारबीच भएको ३ बुँदे सहमतिअनुसार आफ्ना नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव नेकपाले जनाएको छ ।

    सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्तालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर तत्काल रिहा गर्ने भनिएकोमा सहमतिको ४ महिना बितिसक्दा समेत अधिकांश नेता कार्यकर्ता रिहा हुन सकेका छैनन् ।

    ओली पक्राउ परेका कार्यकर्ता रिहाइको विषयमा कुरा गर्नका लागि विप्लव नेतृत्वको नेकपाका नेताहरू प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीसहित बालुवाटार जान लागेका छन् । ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने नेकपा स्रोतले जनाएको छ ।

    आज आइतबारै प्रधानमन्त्रीसँगको भेटपछि विप्लव नेकपाले पत्रकार सम्मेलन गर्ने कार्यक्रम समेत राखेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend