काठमाडौं – विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न आफ्नो बिदाका योजना रद्द गर्न सर्वसाधारणलाई चेतावनी दिएको छ ।
स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन्देश जारी गर्दै जनस्वास्थ्यको रक्षाका लागि क्रिसमस र नयाँ वर्ष लक्षित योजना रद्द गर्न आग्रह गरेका छन् ।
सन्देशमा उल्लेख छ, ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो । ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको छ ।’
यस्तो जटिल अवस्थामा क्रिसमस र नयाँ वर्षका लागि तय गरिएका कार्यक्रमहरु रद्द गर्नु वा पछाडि सार्नु उपयुक्त हुने उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।