आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

काठमाडौंमा दिनदिनै बढ्दै कोरोना संक्रमित, उपत्यकामा बढ्यो जोखिम !

काठमाडौंमा दिनदिनै बढ्दै कोरोना संक्रमित, उपत्यकामा बढ्यो जोखिम !

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 9.2K
    SHARES

  • काठमाडौंमा दिनदिनै बढ्दै कोरोना संक्रमित, उपत्यकामा बढ्यो जोखिम !

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएर दिनदिनै संक्रमित बढ्दै गएका छन् ।

    मंगलबार थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै ५ जना रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ तथा भक्तपुर र ललितपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

    झापाका ९ जना, मोरङ र सुनसरीका १/१ जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका १/१ जना, कपिलवुस्तका ४ र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण देशभर ३६ जिल्लामा पुगेको छ ।

    प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित ५ नम्बर प्रदेशमा रहेका छन् । १ नम्बरमा ५४, २ नम्बरमा १३६, बागमतीमा २७ र गण्डकीमा ४, ५ नम्बरमा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:०३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend