काठमाडौं – नेपालमा बिहीबार बिहानै थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार थपिएका संक्रमितसँगै जम्मा संक्रमितको संख्या २४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडाैंकाे चन्द्रगिरीका ३२ वर्षीय पुरूष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण देखिएकाे छ।
बुधबारमात्रै रुपन्देही, कपिलवस्तु, पर्सा, बाँके र नवलपरासीमा २६ संक्रमित फेला परेका थिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गइरहेको छ । प्रदेश २ र ५ मा कोरोना समुदाय स्तरमै फैलिएको विज्ञहरूको विश्लेषण छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।