आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको विशेष

कोरोना माहामारी : यी जिल्लामा निषेधाज्ञा, ठाउँ–ठाउँमा सिल ! [ नालीबेलीसहित ]

कोरोना माहामारी : यी जिल्लामा निषेधाज्ञा, ठाउँ–ठाउँमा सिल ! [ नालीबेलीसहित ]

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 12.5K
    SHARES

  • कोरोना माहामारी : यी  जिल्लामा निषेधाज्ञा, ठाउँ–ठाउँमा  सिल ! [ नालीबेलीसहित ]
    फाइल तस्वीर

    काठमाडौं- कोरोना भाइरसको माहामारीका कारण देशभरका ३९ जिल्लामा निषेधाज्ञा,लकडाउन, सिल गरेर विभिन्न किसिमका गतिबिधीहरुमाथि प्रतिबन्ध लगाइएको छ । 

    संघिय एवं स्थानीय सरकारले सङ्क्रामक रोग ऐन २०२० अनुसार गर्न हुने र नहुने कुराको सूची जारी गर्दै प्रतिबन्ध लगाइरहेकाे छ ।

    जसअनुसार निषेध गरिएका काम गरेको पाइए प्रशासनले कारवाही गर्नेछ । यो निषेधाज्ञा हो भने आवातजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्न सिल गरिन्छ ।

    हेर्नुहोस कहाँ कहाँ छ निषेधाज्ञा, लकडाउन अनि सिल ?

    सिन्धुपाल्चोक

    सिन्धुपाल्चोकमा समेत अत्यावश्‍यकबाहेकमा सेवा बन्द गर्न निर्देशन दिइएको छ ।

    सुर्खेत
    भने सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा पनि लकडाउन जारी गरिएको छ । 

    दाङ

    दाङमा रातको समयमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

    नवलपरासी
    नवलपरासीमा शनिबार राति १२ बजेदेखि भदौ ६ गतेसम्म लकडाउन जारी गरिएको छ । चितवनको भरतपुर महानगरपालिमा समेत लकडाउन गरिएको छ ।

    दोलखा 
    शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो ।

    मोरङ
    मोरङको सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका र केराबारी गाउँपालिकामा पालिकाले साउन २२ देखि ३२ सम्म लकडाउनको घोषणा गरेका छन् । विराटनगर महानगरपालिकामा पालिकाले साउन १६ देखि ३० गतेसम्म, सुनवर्षी नगरपालिकामा गाडी चलाउन निषेधसहित साउन २० देखि २७ सम्म लकडाउन गरेका थिए भने रतुवामाई नगरक्षेत्र साउन २० देखि ३० सम्म सिल गरिएको थियो ।

    झापा
    झापाको विर्तामोड नगरपालिकामा पालिकाले साउन १८ देखि अर्को निर्णय नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगितसँगै लकडाउन घोषणा गरेको छ । यस्तै अर्जुनधारा नगरपालिकामा साउन १८ देखि दुई पटक समय थपेर साउन ३२ सम्मको लागि पालिकाले नै अत्यावश्यक बाहेकका सेवामा रोक लगाएको छ ।

    धनकुटा
    धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर १, ३, ४, ५, ६ र ७ मा साउन २९ देखि गरिएको निषेधाज्ञा भदौ ४ गतेसम्म चल्नेछ । यो अवधिमा सीमा क्षेत्रमा थप कडाई गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    रामेछाप
    रामेछापको रामेछाप नगरपालिकाको कार्यालय साउन २९ देखि अर्को निर्णय नभएसम्मका लागि सिल गरिएको छ ।

    दोलखा
    दोलखामा जिल्लाभरी नै साउन ३१ देखि जारी भएको निषेधाज्ञा भदौ ६ गतेसम्म चल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सप्तरी
    सप्तरीमा जिल्ला प्रशासन कार्यालयले साउन २० देखि सुरु गरेको निषेधाज्ञा भदौ २ गतेसम्म जारी रहनेछ ।

    धनुषा
    जिल्ला प्रशासन कार्यालय धनुषाले, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सबै क्षेत्र र क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बजारमा साउन १९ देखि लगाएको निषेधाज्ञा एक पटक समय थपेर आज सम्मका लागि लम्ब्याएको छ ।

    यस्तै नगराइन नगरपालिका र धनुषाधाममा पालिकाले नै साउन २६ देखि ३२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् । सबेला नगरपालिकाको सबै वडामा साउन २६ देखि भदौ १ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।

    पर्सा
    पर्सामा साउन १० देखि जिल्लाभरी गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्म लागू हुनेछ ।

    बारा
    बारामा जिल्ला प्रशासन कार्यालयले साउन १८ देखि अर्को आदेश नभएसम्मको लागि जिल्लाभरी निषेधाज्ञा लागू गरेको छ ।

    महोत्तरी
    महोत्तरीको सदरमुकाम आसपास जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका वडा नम्बर ३ र ५ मा जिल्ला प्रशासन कार्यालयले साउन १६ देखि गरिएको निषेधाज्ञा दुई पटक समय थपेर भदौ १ गतेसम्म लम्याउने निर्णय गरेको छ । यस्तै बर्दिवास नगरपालिका वडा नम्बर १, २, ७ र १४ मा पालिकाले साउन २२ देखि गरेको लकडाउन २९ गते सकिएको छ । यसैगरी महोत्तरीकै बलुवा नगरपालिका वडा नम्बर १ देखि ११ सम्म साउन २४ देखि अर्को निर्णय नभएसम्मका लागि पालिकाले लकडाउनको घोषणा गरेको छ भने गौशाला नगरपालिका वडा नम्बर १ देखि १२ सम्म साउन २५ देखि ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

    सुनसरी
    सुनसरीमा जिल्ला प्रशासनस कार्यालयले साउन २१ देखि गरेको निषेधाज्ञा एक पटक समय थपेर साउन ३२ सम्म लागू हुने जनाएको छ ।

    सर्लाही
    सर्लाहीमा जिल्ला प्रशासन कार्यालयले साउन २१ देखि गरेको निषेधाज्ञा एक पटक समय थपेर साउन ३२ सम्म लम्ब्याएको छ ।

    सिरहा
    सिरहाको मिर्चैया नगरपालिकामा पालिकाले साउन २२ देखि ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै पालिकाले नै लहान नगरपालिका र गोलबजार नगरपालिकामा साउन २३ देखि ३२ सम्म, सिरहा नगरपालिका, धनगढीमाई नगरपालिका र विष्णुपुर गाउँपालिकामा साउन २५ देखि ३२ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ ।

    यसैगरी सखुवानन्कारपट्टी गाउँपालिकाले साउन २६ देखि ३२ सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । लक्ष्मीपुरपतारी गाउँपालिका र सुखिपुर गाउँपालिकामा साउन २८ देखि गरिएको लकडाउन भदौ ५ गतेसम्म चल्नेछ भने भगवानपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकामा साउन २८ देखि गरिएको लकडाउन क्रमशः भदौ ६ र ७ गतेसम्मका लागि तोकिएको छ । यस्तै नरहा गाउँपालिकामा साउन ३१ देखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय पलिकाले गरेको छ ।

    जुम्ला
    जुम्लाको कनकासुन्दी गाउँपालिकाको पूर्वमा मालिकावोता, पश्चिममा विराट, उत्तरमा कालेकाँड लेख र दक्षिणमा गोठीज्यूला बजारमा साउन २२ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा लागू भएको छ । चन्दननाथ नागरपालिकाको वडा नम्बर १, ३ र ६ तथा तिला गाउँपालिका वडा नम्बर ४ ढिमकोट क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले साउन २५ देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा लगाएको छ ।

    बझाङ
    बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ६ र ७ तथा थलारा गाउँपालिका वडा नम्बर ५ मा साउन १९ देखि ३२ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

    दार्चुला
    दार्चुलाको मार्मा गाउँपालिकामा साउन १७ देखि अर्को निर्णय नभएसम्मको लागि लकडाउन गरिएको छ ।

    कैलाली
    कैलालीको कैलारी गाउँपालिकाको सबै वडामा साउन २२ देखि अर्को निर्णय नभएसम्मको लागि पािलकाले लकडाउनको घोषणा गरेको छ ।

    कञ्चनपुर
    कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १२ र १६ मा साउन १८ देखि अर्को निर्णय नभएसम्मको लागि अत्यावश्यक बाहेक सबै काम बन्द गर्ने पालिकाले निर्णय गरेको छ । नगरपालिकाको वडा १३, १४ र १८ मा भने दुई दिन बन्द गरे पनि अहिले काम भैरहेको छ ।

    रौतहट
    रौतहटमा साउन २४ देखि आजसम्म जिल्लाभरी नै निषेधाज्ञा लगाएको छ ।

    उदयपुर
    उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका सबै क्षेत्रमा साउन २८ देखि लगाइएको निषेधाज्ञा भदौ ७ गतेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    बाँके
    बाँके जिल्लामा साउन १७ देखि २७ गतेसम्म गरिएको निषेधाज्ञा २८ गतेदेखि भने विस्तारै खुल्दै गएको प्रशासनले जानकारी दिएको छ ।

    बर्दिया
    बर्दियामा साउन २५ देखि ३२ गतेसम्म जिल्लाभरी नै लागू हुनेगरी निषेधाज्ञा जारी भएको छ ।

    सुर्खेत
    जिल्ला प्रशासन कार्यालयले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

    रुकुम पश्चिम
    रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्वास्थ्य कार्यालयदेखि खलंगा बजार, शितलपोखरी, पिपलनेटा र वडा नम्बर ६ को कार्यालयसम्म साउन २८ देखि भदौ २ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।


    काठमाडौं
    काठमाडौं , ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले साउन २५ देखि भदौ ८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् । काठमाण्डौ उपत्यकामा भदौ १५ गतेसम्म जात्रा मनाउन र भेला हुन रोक लगाइएको छ ।

    नुवाकोट
    नुवाकोट जिल्लाभरी साउन २३ गतेदेखि अर्को आदेश नआएसम्मको लागि गाडी तथा सामुहिक रुपमा गरिने कार्यमा रोक लगाउने तथा साउन २५ देखि निजी र गैरसरकारी क्षेत्रबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

    यसैगरी नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, बेलकोटगढी नगरपालिका वडा नम्बर ५, ७,, ८, १०, ११, १२ र १३ को सबै ठाउँ, पन्चकन्या गाउँपालिकाको वडा नम्बर १, २ र ३ को सबै ठाउँ, शिवपुरी गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ को सबै ठाउँ र ककनी गाउँपालिका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नम्बर १, २, ४ र ६ को सबै ठाउँमा साउन २५ देखि भदौ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

    यस्तै नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाको सबै ठाउँ, तादी गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ को सबै ठाउँ, तारकेश्वर गाउँपालिकाको वडा नम्बर २, ४, ५ र ६ को सबै ठाउँ, शिवपुरी गाउँपालिकाको नडा नम्बर १, २, ३, ४ र ५ को सबै ठाउँ, पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ४ र ५ को सबै ठाउँ तथा बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र ९ मा साउन २९ देखि भदौ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    यस्तै काठमाण्डौ महानगरपालिका वडा नम्बर १९ मरुहिटीमा साउन १९ देखि र वडा नम्बर ५ कोटालटोलमा साउन २४ देखि अर्को निर्णय नभएसम्मका लागि पालिकाले लकडाउनको घोषणा गरेको छ ।

    चितवन
    चितवनको भरतपुर महानगरपालिकामा साउन ३१ देखि भदौ ५ गतेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    मकवानपुर
    मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्र तथा मनहरी गाउँपालिकाको पूर्व पश्चिम राजमार्गको दाया–बायाँ ५ सय मिटरमा साउन २६ देखि आजसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

    धादिङ
    धादिङ सदरमुकाम र राजमार्ग क्षेत्रमा साउन २७ देखि निषेधाज्ञा लगाइएको छ ।

    रुपन्देही
    रुपन्देहीको देवदह नगरपालिकाका सबै वडाका पालिकाले साउन २२ देखि अर्को निर्णय नभएसम्मको लागि लकडाउन गरिएको छ । बुटवल उपमहानगरपालिकामा साउन २८ देखि लागू भएको लकडाउन भदौ ४ गतेसम्म चल्ने पालिकाले निर्णय गरेको छ ।

    स्याङजा
    जिल्ला प्रशासन कार्यालयले स्याङजामा साउन १३ देखि सुरु भएको निषेधाज्ञा तीन पटक समय थपेर भदौ ४ गतेसम्म लागू गर्ने निर्णय गरेको छ ।

    कपिलवस्तु
    कपिलवस्तुमा जिल्लाभरी नै सार्वजनिक यातायातसँगै अत्यावश्यक बाहेकका सबै काम साउन २३ देखि ३२ गतेसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

    तनहुँ
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा साउन २९ देखि लगाइएको निषेधाज्ञा भदौ ३ गतेसम्म चल्नेछ ।

    पाल्पा
    पाल्पाको तानसेन नगरपालिका पूर्वमा हुलाक चोक, पश्चिममा गौरीशंकर गेष्ट हाउस, उत्तरमा टक्सार माछा पसल, दक्षिणमा पेट्रोलपम्प र विशाल बजार क्षेत्र साउन २९ देखि अर्को निर्णय नभएसम्मका लागि सिल गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:०३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend