बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ठुलो धक्का, पाण्डे निर्बाचित

मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ठुलो धक्का, पाण्डे निर्बाचित

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 6.0K
    SHARES

  • मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ठुलो धक्का, पाण्डे निर्बाचित

    काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको चुनावमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई धक्का लागेको छ ।

    पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे २ हजार ९ मत ल्याउँदै विजयी भएका छन् । यो संगै मुख्यमन्त्री शाहीलाई धक्का लागेको हो।

    उनी डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए। उनीसँग प्रतिस्पर्धामा रहेका जीवनबहादुर शाहीले भने १८ सय ५२ मत मात्रै पाएका छन् ।

    उनी शेरबहादुर देउवा समूहबाट उम्मेदवार थिए। सो समूहबाट उम्मेदवार बनेका चेतराज बजालले ७५ मत पाएका छन् भने ४९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    महिला, दलित र आदिवासी जनजाति क्षेत्रको सहमहामन्त्री पदको मतपरिणाम बिहीबार राति घोषणा भएको छ । आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १६ २०७८०८:३९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend