काठमाडौं – नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।
मंगलवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष प्रस्तुत गरिएको दाबीका आधारमा शाहीलाई मुख्यमन्त्री नियुक्त गरिएको छ ।
नवनियुक्त मुख्यमन्त्री शाहीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवार पदबाट राजीनामा दिएसँगै कांग्रेस नेता शाही मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
गत वैशाख ३ गते महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा भएको सहमतिअनुसार कांग्रेस नेता शाहीलाई सत्ता हस्तान्तरण गरिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।