आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कर्णाली प्रदेशमा कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै, नेताहरूबीच यस्तो सहमति

कर्णाली प्रदेशमा कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै, नेताहरूबीच यस्तो सहमति

  • मिडिया डबली
  • सोमवार, आश्विन २५ २०७८

  • 14.8K
    SHARES

  • कर्णाली प्रदेशमा कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै, नेताहरूबीच यस्तो सहमति

    काठमाडौं – कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विस्थापित गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

    नेकपा एमालेले शाही सरकारलाई दिएको समर्थन फिर्ता लिएको बेलाको संकटमा कांग्रेस साथ दिँदै ६ महिनापछि कांग्रेस नेतृत्वको सरकार बनाउन सहमति भएको थियो । तर ६ महिना बितिसक्दा समेत शाहीले सरकार हस्तान्तरण गरेका छैनन् ।

    यस्तै बेला केन्द्रमा बनेका सत्तारुढ ५ दलीय गठबन्धनमा सुदूरपश्चिम र कर्णाली प्रदेशमध्ये एउटा माओवादीले छाडेर कांग्रेसलाई दिने सहमति जुटेको छ । यससँगै कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने मार्गप्रशस्त भएको छ ।

    गठबन्धनमा भएको पछिल्लो सहमतिअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) ले दुई/दुई प्रदेशमा मुख्यमन्त्री लिने सहमति भएको छ । संघमा मन्त्रीको भागबण्डा सकिएर मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

    सहमतिबमोजिम दशैंपछि देशका ३ वटा प्रदेशमा नेतृत्व फेरिने भएको छ । बागमती र १ नम्बर प्रदेशमा नेकपा एमालेका मुख्यमन्त्री क्रमशः अष्टलक्ष्मी शाक्य र भीम आचार्य पदमुक्त भएर एसको नेतृत्वको सरकार बन्ने देखिएको छ । बागमती प्रदेश कांग्रेसले लिएको अवस्थामा एसलाई कुनै अर्काे प्रदेशमा मुख्यमन्त्री दिइने भएको स्रोतले जनाएको छ । बागमतीमा कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने दौडमा छन् ।

    हाल देशभर माओवादीका ३ मुख्यमन्त्री रहेकाले माओवादीले १ मुख्यमन्त्री छाड्ने सहमति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा गरिसकेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री छन् । लुम्बिनीका मुख्यमन्त्री हालै नियुक्त भएकाले राजीनामा दिनुपर्ने छैन तर कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीमध्ये एउटालाई हटाउने तयारी रहेको छ ।

    नेकपा एसले बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री लिएमा सुदूरपश्चिम र कर्णाली प्रदेशमध्ये एउटाको नेतृत्व कांग्रेसले पाउने छ । हाल कांग्रेसका मुख्यमन्त्री गण्डकी प्रदेशमा मात्रै रहेका छन् ।

    माओवादीको उच्च स्रोतका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुपर्ने सम्भावना बढी छ । विश्वासको मत लिने बेलामा ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति जुटेको चर्चा पनि छ ।

    अर्काेतिर सुदूरपश्चिम प्रदेश प्रचण्डकी बुहारी बिना मगरको कायक्षेत्र रहेको प्रदेश हो, जहाँ यतिबेला मुख्यमन्त्री त्रिलोचन भट्ट बुहारी बिना मगरको गुटमा लागेका छन् ।

    माओवादी सुदूरपश्चिम प्रदेशभित्र बिना मगरलाई स्थापित गर्न प्रचण्डले सुरुमा खानेपानी मन्त्री र हाल प्रदेश सहइन्चार्ज समेत बनाएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई हटाउँदा उनी चिढिने र बिना मगरको गुट कमजोर हुने अवस्था भएकाले बिना मगरलाई सुदूरपश्चिममा स्थापित गर्नका लागि मुख्यमन्त्री भट्टको सरकार सुरक्षित रहने स्रोतको दाबी छ । 

    बरु कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रचण्डले सहजै राजीनामा गराउन सक्नेछन् । कर्णालीबाट जनार्दन शर्मालाई अर्थमन्त्री समेत बनाइएकाले जनार्दन शर्माले समेत मुख्यमन्त्री शाहीलाई राजीनामा गराउन सकारात्मक प्रभाव पार्न सक्छन् । सुदूरपश्चिमबाट माओवादीले संघीय सरकारमा कसैलाई पनि मन्त्री बनाएको छैन ।

    २ नम्बर प्रदेशमा गठबन्धनआवद्ध दल जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार कायमै रहने सहमति समेत गठबन्धनमा भएको छ । दलहरूबीच भएको सहमतिअनुसार दशैंपछि संसद बैठक सुरु भएलगत्तै मुख्यमन्त्री हेरफेर हुने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend