बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस नेता शाहीले भने – चिनियाँ दूतावासको धम्कीपूर्ण पत्रले मेरो ज्यानमाथि नै थ्रेट छ !

कांग्रेस नेता शाहीले भने – चिनियाँ दूतावासको धम्कीपूर्ण पत्रले मेरो ज्यानमाथि नै थ्रेट छ !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ९ २०७७

  • 5.5K
    SHARES

  • कांग्रेस नेता शाहीले भने – चिनियाँ दूतावासको धम्कीपूर्ण पत्रले मेरो ज्यानमाथि नै थ्रेट छ !

    काठमाडौं - नेपालमा भारतले मात्रै होइन चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको छ। नेपाली भूमि चीनले अतिक्रमण गरेको छ या छैन भने स्थलगत निरीक्षणमा गएर आएपछि भूमि मिचेको प्रमाणसहित प्रतिवेदन सार्वजनिक गर्ने नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीमाथि थ्रेट बढेको उनी आफैँले बताएका छन्।

    चीनले हुम्लाको नाम्खा क्षेत्रमा नेपाली भूमि मिचेर व्यवसायिक भवनहरु धमाधम निर्माण गरिरहेको छ। सरकारी टोलीले पनि उक्त क्षेत्रको अनुगमन गरेपनि नेकपा केही शीर्ष नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको कारण नेपाली भूमि नमिचेको खबर सार्वजनिक गरियो।

    जबकी कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल कांग्रेसको संसदीय दलका नेतासमेत रहेका शाहीको टोलीले सीमा स्तम्भसमेत सारेर चीनले नयाँ बनाएको भेटेको प्रमाण पेश गरेको थियो। शाहीको प्रतिवेदनलाई आधार मानेर थुप्रै सञ्चार माध्यमले चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार सार्वजनिक गरेपछि चीन कांग्रेस र शाहीप्रति आक्रमक बन्यो।

    चीनिया सरकारी मुखपत्र ग्लोबल टाइम्सको समाचार र चिनियाँ दूतावासले धम्कीपूर्ण भाषा प्रयोग गरेर पत्र जारी नै गर्याे। ‘ग्लोबल टाइम्सको समाचार र चिनियाँ दूतावासको पत्र हेर्दा धम्कीको भाषा छ,’ शाहीले भने, ‘मेरो जीउज्यानमाथि नै थ्रेट छ । म विश्वलाई मेरो जीवनमा केही भयो भने पनि चिनियाँका कारणले हुनेछ भन्न चाहन्छु ।’

    चीनले अहिले आफ्नो पत्रमा हिमाली जिल्लामा सहयोग गरेको भनेको र नेपालले चीनलाई सहयोग गरेको कुरा छुटाएको उनको भनाई छ। ‘चीनले नेपाललाई मात्रै होइन, नेपालले समेत चीनलाई सहयोग गरेको छ’ उनले भने । २०५१ सालमा चीनको अर्बौं पर्ने मूर्ति पार्टीको प्रतिनिधि भएका बेला फिर्ता गर्न पहल गरेको पनि उनले सम्झिए।

    उनले कांग्रेसका संस्थापक वीपी कोइरालाले गरेको सम्झौता अनुसार नै एक चीन नीतिमा आफू र कांग्रेस अडिग रहेको पनि बताए। ‘बीपी कोइरालाले गरेको सम्झौताअनुसार एक चीन नीतिमा अडिग छौँ । जीवन शाहीले स्वतन्त्र तिब्बतको योजनामा पनि काम गरेको भनेर चीनले आरोप लगाइरहेको छ’ उनले भने। उनले चीन र नेपाल सरकारलाई हिल्सा र लिमी लाप्चा क्षेत्रमा दुई देशका विज्ञ टोलीले स्थलगत अध्ययन गर्न पनि चुनौती दिएका छन्। बेइजिङ र काठमाडौंमा बसेर आफूमाथि धम्क्याउने काम भएको उनकाृ ठम्याई छ।

    ‘जीवन शाहीले गलत काम गरेको छ भन्ने लाग्छ भने हिल्सा र लिमी लाप्चामा दुई देशका विज्ञ टोली बनाएर पठाऔँ भनेको छु,’ उनले एक नेपाली अनलाइनसँगको अन्तरवार्तामा भनेका छन्, ‘बेइजिङ र काठमाडौँमा बसेर धम्क्याउने काम भएको छ । धम्क्याएर हुँदैन, दुर्गम गाउँमा पुगेर सीमा अध्ययन गर्नुपर्छ ।व्यक्तिलाई धम्क्याउनु अन्तर्राष्ट्रिय कानूनको समेत विपरीत छ ।’ उनले चीनले गरेको अन्यायका बारेमा अध्ययन गरेर प्रमाणसहित प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँदा पनि सरकार नबोलेको भन्दै आपत्ति जनाए।

    ‘चिनियाँ सरकारको मुखपत्रले म र मेरो पार्टीलाई भारतपरस्त भनेर समाचार लेख्यो,’ उनले भने, ‘मलाई त अमेरिका र भारतको एजेन्ट हो भनेर समेत लेखेको छ । नेपाल पश्चिमाहरूले र आइएनजीओहरूले चलाएको देश भनेको छ ।’

    चीनले नेपालको भूमि एक इञ्च पनि नमिचेको प्रमाण सार्वजनिक गरे आफूले पदबाट राजीनामा दिने पनि शाहीले बताएका छन्। ‘चीनले नेपालको एक इञ्च पनि भूमि नमिचेको प्रमाण सार्वजनिक गरोस्, म मेरा पदबाट राजीनामा दिन्छु भनिसकेको छु,’ उनले भने, ‘मैले त सीमामा पुगेर अध्ययन गरेर चीनले नेपालको भूमिमा रहेको पिलरहरूमा तारबार लगाएको फोटोहरू पठाएको छु । सिंगो देश बोल्नुपर्नेमा सरकार मौन छ ।’

    उनले थपे, ‘मेरो कुनै स्वार्थ छैन । मुलुकको हितका लागि म एक्लै पनि लडिरहने छु । काठमाडौँमा बसेर हिल्सा र लिमी मिचेको छैन भन्न सकिन्न । चिनियाँ सीमाबाट कुनै स्थानमा नेपालभित्रको ६० किमिसम्म पनि चिनियाँ समय देखाउँछ ।’

    उनले केपी ओलीलाई लक्षित गरी सीमा मिचेको प्रमाण दिँदापनि राष्ट्रभक्तहरु नबोल्नु र चीनको मुखपत्रले धम्कीको भाषा बोलिरहनुलाई दुखद भनेका छन्।

    ‘यति धेरै प्रमाण दिँदा पनि राष्ट्रभक्त भन्नेहरू नबोल्नु चीनको सरकारी मुखपत्रले धम्कीको भाषा बोलिरहनु दुःखद् कुरा हो । मैले त भनिरहेको छु, यहाँ आएर सीमा नमिचेको प्रमाण सार्वजनिक गर म मेरो पदबाट राजीनामा दिन्छु । होइन भने संसारको अघि उभिएर माफी माग्नुपर्छ’ उनले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend