काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द गर्दा १ नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईलाई धक्का लागेको छ ।
मुख्यमन्त्री राईले गठबन्धन दलका सबै सांसदलाई होटलमा जुटाएर विश्वासको मत लिने तयारी गरिरहेका बेला भएको बन्दले प्रदेशसभा बैठक नै स्थगित भएको छ ।
विप्लवको बन्दको प्रभावले नेकपा एमालेका सांसदहरु बैठकमा उपस्थित हुन नसकेपछि भोलि बुधबार ११ः३० बजे बस्ने गरी बैठक स्थगित भएको छ ।
एमालेले सांसदहरू उपस्थित हुन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको छ ।
मंगलबार मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची रहेको छ । अब भोलि बुधबार विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।