बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भोलि नेपाल बन्द, यी क्षेत्रहरू खुलै रहने (विज्ञप्तिसहित)

भोलि नेपाल बन्द, यी क्षेत्रहरू खुलै रहने (विज्ञप्तिसहित)

  • मिडिया डबली
  • सोमवार, कार्तिक २९ २०७८

  • 15.2K
    SHARES

  • भोलि नेपाल बन्द, यी क्षेत्रहरू खुलै रहने (विज्ञप्तिसहित)

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आक्रोशित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्दले भोलि कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेका छन् ।

    कात्तिक २५ गते घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि मंगलबार नेपाल बन्द गरिएको छ ।

    भोलि नेपाल बन्दमा यातायात, सरकारी कार्यालय, शिक्षण संस्था, व्यापार व्यवसाय बन्द गरिएको छ भने केही क्षेत्र खुलै राखिएको छ ।

    नेपाल बन्द आयोजक नेकपा स्रोतका अनुसार अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुलै रहने भएका छन् ।

    नेकपाले मूल्यवृद्धिविरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रिन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल समेत गरेको छ । 

    पार्टीका महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्यमा आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् । 

    वक्तव्यमा उल्लेख छ, ‘जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यताजस्तै बनेको तथ्य हाम्रासामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धि गरियो । जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा बिक्री गरिने छ । विज्ञहरुले मापन गरेअनुसार सबै करकट्टा गर्दा पनि मुनाफासहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिन्छ । दैनिक रूपमा असूल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’

    यस्तो छ वक्तव्य –

    bipb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ३ २०८००३:००:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend