बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सूर्य चिह्नबाटै जितेका यी सांसदहरूलाई एमाले महाधिवेशनमा निषेध ! यस्तो मापदण्डले धक्का

सूर्य चिह्नबाटै जितेका यी सांसदहरूलाई एमाले महाधिवेशनमा निषेध ! यस्तो मापदण्डले धक्का

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 5.2K
    SHARES

  • सूर्य चिह्नबाटै जितेका यी सांसदहरूलाई एमाले महाधिवेशनमा निषेध ! यस्तो मापदण्डले धक्का

    काठमाडौं, १३ असोज - एमाले अध्यक्ष केपी ओलीले अध्यक्षता गर्ने विधान महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हबाट विजयी भएका दुईजना र एक प्रदेश सांसदले भाग लिन नपाउने भएका छन् ।

    एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यलाई सहभागी गराउने मापदण्ड बनाए पनि सूर्य चिन्हबाट प्रतिनिधिसभा चुनाव जितेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ता तथा नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को निर्वाचन क्षेत्र १ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद अजय शाहीले सहभागिता जनाउन नपाउने भएका छन् ।

    एमाले संसदीय दलको बैठकमा सहभागी भएर मतदान गर्दै आएका र पार्टी ह्विपसमेत मान्दै आएका यी नेता मापदण्डका कारण अधिवेशनमा भने सहभागी हुन नपाउने भएका हुन् ।

    एमालेले तयार पारेको मापदण्डमा पार्टीको सदस्यता लिएका जनप्रतिनिधि मात्र सहभागी हुन पाउने भनिएको छ । केन्द्रीय कमिटीबाट अनुमोदन भएको विधान महाधिवेशनमा सहभागिताको मापदण्डमा पार्टी सदस्य भएकालाई मात्र प्रवेश दिने भनिएका कारण एमाले ह्विप मान्दै आएका जनप्रतिनिधि सदस्यता नभएका कारण छुट्ने भएका छन् ।

    पाँच हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भनिएको महाधिवेशनमा पार्टी सदस्य रहेका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले सहभागिता जनाउन पाउनेछन् ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य महाधिवेशन हलमा हुनेछन् । त्यसैगरी केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्य पनि महाधिवेशनमा सहभागी हुँदैछन् ।

    केन्द्रीय विभागका सबै पदाधिकारी उपस्थित हुँदा विभागका सदस्यहरूमध्येबाट हरेक विभागबाट १५ जनाका दरले उपस्थित हुनेछन् । प्रदेश कमिटी र यो कमिटीसरहका विशेष कमिटीका सबैले सहभागिता जनाउँदा जिल्ला कमिटी र सोसरहका विशेष जिल्ला कमिटीका भने पदाधिकारी मात्र सहभागी हुन पाउनेछन् ।

    प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी जिल्ला कमिटीले छानेका एकजना दलित र एकजना महिला सदस्य पनि विधान महाधिवशेनमा सहभागी हुँदैछन् भने जिल्लाको प्रतिनिधित्व हुनेगरी छानिएका ७५ जना दलित सदस्य पनि सहभागी हुँदैछन् ।

    यसैगरी पार्टीको जनवर्गीय संगठनका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये हरेक जनवर्गीय संगठनबाट १० जनाका दरले सहभागिता जनाउने छन् ।

    यी सबै प्रतिनिधिको संख्या जोडेर कुल संख्या निस्किएपछि त्यसको १० प्रतिशतमा नबढ्ने गरी पार्टी केन्द्रले प्रतिनिधि मनोनयन गर्न सक्ने मापदण्डमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ३० २०७८०८:११:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend