आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बादल हर्ताकर्ता भएपछि एमालेमा १० भाइको बिजोग ! अब कता जाने, के गर्ने ?

बादल हर्ताकर्ता भएपछि एमालेमा १० भाइको बिजोग ! अब कता जाने, के गर्ने ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन १४ २०७८

  • 6.6K
    SHARES

  • बादल हर्ताकर्ता भएपछि एमालेमा १० भाइको बिजोग ! अब कता जाने, के गर्ने ?

    काठमाडौं - माधवकुमार नेपाललाई अन्तिम समयमा आएर धोका दिएका एमालेका १० भाइको बिजोग भएको छ ।

    केपी ओलीको गुलियोमा भुलिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृतकुमार बोहोरा अहिले आफैं रणभुल्लमा परेका छन् । ओलीले कुनै भूमिका नदिए पनि १० बुँदेको रटान लगाएर १० भाइ एमालेमै बस्न विवश छन् ।

    एमालेको पहिलो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विधान महाधिवेशन मूल आयोजक समितिको संयोजक पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई बनाइएको छ ।

    महाधिवेशनको कुनै पनि समितिमा १० भाइलाई राखिएको छैन । योगेश भट्टराई सचिवमै रमाएका छन् । प्रचार विभाग प्रमुख र पार्टीको प्रवक्ता दिइने आश्वासन दिए पनि अहिलेसम्म केही दिइएको छैन । अब योगेशहरूको काम भनेको बादल समितिले जे निर्णय गर्छ, त्यसलाई पत्रकार सम्मेलन गरेर जानकारी गराउने मात्रै देखिएको छ ।

    सबैभन्दा समस्यामा भीम रावल पर्ने निश्चित भएको छ । किनकि ओलीले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षको वरीयतामा राखेर बादललाई इन्चार्ज कायम राखेका छन् । यही नजिर अव सुदूरपश्चिम प्रदेशमा पनि लागू हुने भएको छ ।

    सुदूरपश्चिम प्रदेशमा रावल र पूर्वमाओवादी नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरेका छन् । तर, ओलीले रावललाई पनि पार्टीको उपाध्यक्षको वरीयतामा सीमित गरेर भट्टलाई नै इन्चार्ज तोक्दै छन् । यदि भट्ट सुदूरपश्चिमको इन्चार्ज हुनेवित्तिकै रावलको पकड प्रदेशमा खुस्किने निश्चित छ ।

    यस्तै, हरिबिजोग सुरेन्द्र पाण्डेको पनि भएको छ । पाण्डेले कुनै पनि भूमिका पाएका छैनन् । अहिले उनको काम भनेको माधव नेपालले आफूहरूलाई धोका दिएको भन्दै भाषण गर्दैमा बित्ने गरेको छ । बादल प्रदेश इन्चार्ज हुनेवित्तिकै पाृण्डेको चितवनमा अहिलेसम्म देखिएको पकड पनि गुम्दै जाने खतरा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend