काठमाडौं - नेपाली कांग्रेसभन्दा पछि महाधिवेशनको तयारी गरेको प्रमुख प्रतिपक्षी दल एमालेको १०औं महाधिवेशन आउन अब एक साता मात्र बाँकी छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा एमालेको महाधिवेशन आयोजना हुँदैछ ।
महाधिवेशन सन्निकट भए पनि अहिलेसम्म एमालेमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।
पार्टीका उपाध्यक्ष भीम रावलले मात्र अध्यक्षमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका छन् । तर, अझै पनि उठ्ने नउठ्ने कुनै टुंगो छैन । किनकि एमालेमा अब अध्यक्ष केपी ओली विरोधीको कुनै खैरियत छैन । ओलीको विरोध गर्ने नेताले चुनाव जित्ने माहोल नभएकैले अहिलेसम्म कसैले पनि उम्मेदवारी दाबी नगरेको बताइन्छ ।
नेपाली कांग्रेसमा महाधिवेशन आउन चार महिनाअघिदेखि नै पदाधिकारीका लागि उम्मेदवारी दिने घोषणा सुरु भइसकेको छ तर एमालेमा भने त्यस्तो दृश्य देखिएको छैन ।
केपी ओलीले फेरि एक कार्यकाल दोहोरिने भएपछि अहिले एमालेका सबै नेता चुपचाप छन् । चितवनमा महाधिवेशन उदघाटन भएपछि ओलीले ज–जसलाई केन्द्रीय समितिमा आउन सिग्नल दिन्छन्, तिनीहरू नै आउने प्रस्ट छ । सोही कारण उपाध्यक्ष, महासचिव, सचिव, केन्द्रीय सदस्यका आकांक्षी मौन बसेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।