काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको महाधिवेशन अन्तर्गत कात्तिक ६ गते शनिवार देशैभर एकैदिन वडा अधिवेशन गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरूको अधिवेशन एकैसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आगामी शनिवार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशैभरका इन्टरनेटको पहुँच भएका वडाहरूको अधिवेशन एकैसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको तामाङले जानकारी दिए ।
केही दिनअघि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएको विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका निर्धारण गरेको थियो ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म बुटवलमा गर्ने तय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।