आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बादल अघिअघि एमालेका मै हुँ भन्ने नेता पछिपछि, यस्तो छ भित्री खेल !

बादल अघिअघि एमालेका मै हुँ भन्ने नेता पछिपछि, यस्तो छ भित्री खेल !

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ५ २०७८

  • 7.0K
    SHARES

  • बादल अघिअघि एमालेका मै हुँ भन्ने नेता पछिपछि, यस्तो छ भित्री खेल !

    काठमाडौं - अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी गतिविधि गर्न बाध्य पारिदिएका छन् । राजनीतिमा इगो सबैभन्दा प्रमुख हुने गर्छ ।

    ओलीले त्यही इगो लिएर अहिले देखाइदिन्छु भन्ने नियतका साथ पूर्वमाओवादी नेता बादललाई महत्वपूर्ण अवसर दिएका छन् भने पार्टीका प्रभावशाली नेताहरूलाई भूमिकाविहीन बनाइदिएका छन् ।

    बादललाई एमालेमा राम्रो ठाउँ दिँदा माओवादी नेता कार्यकर्ताको सहानुभूति बटुल्न पाइन्छ कि भन्ने भ्रम ओलीमा देखिएको छ । जबकि बादल निकट कोही पनि एमालेमा प्रवेश गरेका छैनन् । एमालेमा प्रवेश गरेका प्रभु साह, मणि थापा, टोपबहादुर रायमाझीसमेत असन्तुष्ट रहेको बताइन्छ । सुदूरपश्चिम इन्चार्ज बनाइदिएकाले लेखराज भट्टले ओलीलाई दह्रो साथ दिएका छन् ।

    तर सुदूरपश्चिम प्रदेशमा भीम रावलले अझै एमालेको खेल बिगार्न सक्छन् । त्यो संकेत उनले बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकमा दिइसकेका छन् । रावलले ओलीको कार्यशैलीले भोलिका दिनमा एमालेमा बस्नै पर्छ भन्ने अवस्था नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले ओलीले १० बुँदे सहमति नमाने एमालेले ठूलै क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।

    ओलीले मंगलबार बागमती एमालेको कार्यक्रममा १० बुँदेको ट्याउँट्याउँ कति सुन्नुपर्ने भन्दै त्यसको आवश्यकता नभएको बताएपछि भाँडभैलो मच्चिएको छ । एमालेका १० भाइले जति फूर्ति लगाए पनि ओली भने आफ्नो बाटोमा क्लियर छन् । बादललाई बलियो बनाएर चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्थिति कमजोर बनाउने उनको रणनीति देखिन्छ । त्यही भएर उनले पूर्वमाओवादीका अरु नेताभन्दा बादललाई नै बढी भूमिका दिएका छन् । 

    ओलीले बादललाई विधान महाधिवेशनको संयोजक बनाएका थिए । अहिले फेरि १०औं महाधिवेशन व्यवस्थापन समितिको संयोजक बनाएका छन् । बादलकै अन्डरमा सुरेन्द्र पाण्डे, योगेश भट्टराईलाई राखिएको छ । यसले पनि के देखाउँछ भने ओलीले माधव नेपाललाई छाडेर आउने सबैको हैसियत अब एम म्यानका रूपमा पार्न खोजेका छन् ।

    चितवनमा महाधिवेशन गरेर फेरि एमालेको अध्यक्ष बन्ने ओलीको मनशाय देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०७:५५:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend