आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मध्यराति ईश्वर पोखरेललाई यस्तो झड्का ! केपी ओलीले पनि सकेनन्

मध्यराति ईश्वर पोखरेललाई यस्तो झड्का ! केपी ओलीले पनि सकेनन्

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 13.4K
    SHARES

  • मध्यराति ईश्वर पोखरेललाई यस्तो झड्का ! केपी ओलीले पनि सकेनन्

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीपछिको नेता को बन्ने प्रतिस्पर्धा छ । जुन दौडमा महासचिव ईश्वर पोखरेल समेत छन् ।

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले परित्याग गरेपछि पोखरेल एमालेलाई बलियो बनाउने अभियानमा छन् । तर बिहीबार मध्यराति पोखरेललाई झड्का लागेको छ ।

    महासचिव पोखरेलले पूर्व माओवादी नेता प्रभू साहलाई फकाउन गरेको प्रयास असफल भएको छ । नेता साहले विभिन्न माग राख्दै एमालेमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेता साहले आफ्नो ८ बुँदे माग सम्बोधन नभएसम्म शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा उपस्थित नहुने अडान लिएका छन् । जसले गर्दा एमाले पंक्तिलाई धक्का लागेको छ । नेता साह मधेशमा बलियो प्रभाव भएका नेता हुन् ।

    बिहीबार मध्यरातिसम्म एमाले मुख्यालयमा महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल लगायतको टोलीले पूर्वमन्त्री प्रभू साहसँग वार्ता गरेका हुन् । छलफलमा एमाले नेताहरूले एउटा विज्ञप्तिमार्फत प्रभू साहको ८ बुँदे मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउन तयार रहेको जनाएका थिए ।

    नेता साहसँग भएको छलफलमा केहीबेर अर्का पूर्व माओवादी नेता तथा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट समेत सहभागी भएका थिए ।

    पूर्व माओवादीबाट रामबहादुर थापा ‘बादल’सँगै एमालेमा प्रवेश गरेका प्रभू साह औपचारिक रूपमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् तर असन्तुष्टि जनाउँदै उनी एमालेका बैठकमा सहभागी हुँदैनन् । 

    विधान महाधिवेशनमा नेता साहलाई उपस्थित गराउनका लागि एमाले नेताले प्रयास जारी राखेका जनाइएको छ । बिहीवार बिहान अध्यक्ष ओलीले साहलाई आफ्नै निवास बालकोटमा बोलाएर छलफल गरेका थिए । चाँडै पार्टीको स्थायी कमिटी सदस्यमा समायोजन गर्ने आश्वासन ओलीले दिए पनि साहले व्यक्तिगत रूपमा नभएर पूर्व माओवादी समूहका सबै साथीहरूको समायोजन र सम्मान हुनुपर्ने अडान लिएका छन् ।

    छलफलमा नेता साहले एमालेमा आवद्ध भएको पूर्व माओवादी समूहलाई समूहगत रूपमा सम्बोधन गरिनुपर्ने अडान लिएका छन् भने महासचिव ईश्वर पोखरेलले समूहभन्दा गुटबन्दीको अर्थ लाग्ने भएकाले समूह नभनी सहमति गर्न आग्रह गरेका थिए । पोखरेलको आग्रहलाई ठाडै अस्वीकार गर्दै साहले पूर्व माओवादी समूहलाई मान्यता दिनुपर्ने अडान लिएका छन् ।

    एमालेका शीर्ष नेताहरूले पार्टीलाई नेकपाकै निरन्तरता बताउने गरे पनि व्यवहारमा २०७५ जेठ २ गतेअघिको एमालेकै अभ्यास भइरहेको हुँदा गम्भीर धोका भएको नेता साहको तर्क रहेको छ ।

    एमालेमा रहेका पूर्व माओवादी नेतामध्ये रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट पूर्णरूपमा केपी ओलीमा विलय भएका छन् । बादलले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् भने भट्टले सुदूरपश्चिम इन्चार्ज बनेका छन् ।

    एमालेमा प्रभु साहले राखेका मागमा नेकपाको निरन्तरता हुनुपर्ने, पूर्व माओवादीलाई पार्टीमा उचित सम्मानका साथ समायोजन गरिनुपर्ने, पूर्व माओवादीमाथि हुने भेदभाव हट्नुपर्ने, जबजको ठाउँमा जनताको जनवादलाई राजनीतिक कार्यदिशा बनाइनुपर्ने, महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन हुनुपर्ने र आईटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिइनुपर्ने माग राखेका छन् ।

    नेता साहजस्तै टोपबहादुर रायमाझी र मणि थापा समेत अध्यक्ष ओलीसँग असन्तुष्ट रहेका छन् । केन्द्रमा मात्रै नभएर प्रदेश तहमा समेत पूर्व माओवादीका नेतामा असन्तुष्टि देखिन थालेको छ । विशेषगरी २ नम्बर प्रदेश नम्बरमा पूर्व माओवादी र एमालेका नेताहरूबीच खटपट देखिन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend