बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओलीको वैधानिकतालाई लिएर सुवासचन्द्रको दाबीविरुद्ध खनिए पूर्वसभामुख

ओलीको वैधानिकतालाई लिएर सुवासचन्द्रको दाबीविरुद्ध खनिए पूर्वसभामुख

  • मिडिया डबली
  • सोमवार, माघ ५ २०७७

  • 12.4K
    SHARES

  • ओलीको वैधानिकतालाई लिएर सुवासचन्द्रको दाबीविरुद्ध खनिए पूर्वसभामुख

    काठमाडौं - पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी ओलीलाई कामचलाउ प्रधानमन्त्री नबनाएको भन्दै आपत्ति जनाएका छन् ।

    ढुंगानाले प्रतिनिधिसभा विघटन गरेको एक महिनासम्म पनि राष्ट्रपति विद्यादेवी भण्डारीले कामचलाउ प्रधानमन्त्री नबनाएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

    गत शनिबार नेकपा प्रदेश १ को कार्यकर्ता भेलामा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले ओलीले फुलफ्लेज प्रधानमन्त्रीको रूपमा काम गर्न पाउने भन्दै दलिल पेस गरेका थिए ।

    उनले चुनावबाट अर्को प्रधानमन्त्री नआएसम्म ओली नै कार्यकारी प्रधानमन्त्री भएको दाबी गरेपछि पूर्वसभामुख ढुंगानाले ओलीको वैधानिकतामा प्रश्न उठाएका हुन् ।

    सोमबार बिहान ढुंगानाले प्रधानमन्त्री केपी ओलीको राजीनामा लिई कामचलाउ बनाउन विज्ञप्ति जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाइ भन्दै प्रश्न गरेका छन् ।

    उनले लेखेका छन्, ‘असंवैधानिकताको वर्तमान क्रम कहिलेसम्म रु पुस ५ गतेको संवैधानिक परिषद्को निर्णय अवैधानिक, प्रतिनिधिसभा विघटन अवैधानिक तथा सरकार पनि अवैधानिक। प्रमको राजीनामा लिइ कामचलाउ बनाउन विज्ञप्ति जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाइ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २४ २०७७०९:५८:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend