काठमाडौं – नेपालको उत्तरी सीमा सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानीयले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी स्थानीय तथा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषित नाकाबन्दीका कारण समस्यामा परेका स्थानीय तथा व्यवसायीहरू बाध्य भएर प्रदर्शनमा उत्रिनुपरेको बताए ।
‘छिमेकी मुलुक चीनले नाका खुला भएको जनाए पनि व्यवहारमा त्यस्तो देखिँदैन । उसको खुशीले खुल्ने र उसको खुशीले बन्द गर्ने काम भइरहेको छ । नाका खुला भनिए पनि अहिले अघोषित नाकाबन्दी कायमै छ । यसले व्यवसायी तथा मजदुरको रोजीरोटी गुमेको छ । भोको पेटमा लात हान्ने काम भएको छ,’ लामाले भने ।
चीनले व्यवहार असह्य भएपछि स्थानीय र व्यवसायीले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको उनले बताए ।
चीनले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्ध राख्न खोजेपछि सीमा क्षेत्रका जनतालाई दुःख दिने गरेको छ ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।