बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बेलायतमा देखियो खतरनाक कोरोना भाइरस, नेपालमा अकस्मात यस्तो निर्णय

बेलायतमा देखियो खतरनाक कोरोना भाइरस, नेपालमा अकस्मात यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 7.8K
    SHARES

  • बेलायतमा देखियो खतरनाक कोरोना भाइरस, नेपालमा अकस्मात यस्तो निर्णय

    काठमाडौं – बेलायतमा खतरनाक कोरोना भाइरसको संक्रमण देखिएपछि विश्वभर चिन्ता जाहेर भइरहेका बेला नेपालमा अकस्मात बेलायतबाट आउने यात्रुको आवागमनमा रोक लगाइएको छ ।

    नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै बेलायतका यात्रु नल्याउन निर्देशन दिएको हो । 

    अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन नपाउने भएका छन् ।

    प्राधिकरणको यस्तो निर्णय भोलि बुधवार राति १२ बजेबाट लागू हुनेछ । अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायमै रहने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लागेको छ ।

    नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लगाइएको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट समेत उडान बन्द हुने भएका छन् ।

    बेलायतमा यतिबेला संक्रमण फैलाउने दर र मृत्युदर बढी भएको खतरनाक कोरोना भाइरस देखिएको छ । बेलायतमा देखिएको भाइरस नयाँ रूपमा शक्तिशाली भएर आएकोमा विश्वभर चिन्ता व्यक्त गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend