काठमाडौं - चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ ।
चालु आर्थिक वर्ष ०७७-७८ को पहिलो चार महिनाको अवधिमा नेपालको चीनसँगको व्यापार एक वर्षको अवधिलाई आधारमान्दा ठूलो गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापारको तुलनामा २५ प्रतिशत अर्थात ५०८ मिलियन अमेरिकी डलरले गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६८० मिलियन अमेरिकी डलरको व्यापार भएको थियो ।
चीन भारतपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।
"चीनको आयात कम हुन भनेको समग्र आयातमा परेको मन्दीको एक हिस्सा हो," भन्सार विभागका महानिर्देशक सुमन दाहालले मंगलबार सिन्ह्वालाई भने ।
चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा नेपालको समग्र आयात १० दशमलव ६२ प्रतिशतले घटेर ३ दशमलव ३८ बिलियन अमेरिकी डलर पुगेको थियो । कोरोना महामारीले वैश्विक आपूर्ति श्रृंखलामा पुर्याएको अवरोधका कारण उक्त व्यापार घाटा बढेको बताइएको छ ।
दाहालले भने, "चीनसँगको व्यापारमा असर पारेको अर्को कारण स्थलमार्गबाट हुने चिनियाँ आयात ठप्पप्राय हुनु हो । तर भारतबाट हुने आयात भने स्थलमार्गबाटै निरन्तर भइरहेको छ ।"
रासुवागढी-केरुङ र तातोपानी नाका कोरोना महामारी भन्दै चीनले महिनौंसम्म नाकाबन्दी गरेपछि चिनियाँ आयात ठप्प भएको थियो । नेपालबाट चीनका मुख्य आयात हुने वस्तुहरू भनेको मोबाइल फोन, मेशिनरी, विद्युतीय वस्तुहरू, तयारी पोशाक र रासायनिक मल हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।