बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली सरकार निकम्मा हुँदा कोरोनाको नाममा पैसा कमाउन यस्तो धन्दा !

ओली सरकार निकम्मा हुँदा कोरोनाको नाममा पैसा कमाउन यस्तो धन्दा !

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 5.7K
    SHARES

  • ओली सरकार निकम्मा हुँदा कोरोनाको नाममा पैसा कमाउन यस्तो धन्दा !

    काठमाडौं – नेपालको संविधान अनुसार जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनु सरकारको कर्तव्य हो । कानूनहरूमा समेत जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख छ ।

    तर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमणको महामारीलाई पैसा कमाउने मेसोको रूपमा उपयोग गर्दै आएको छ । सर्वाेच्च अदालतको फैसला विपरीत सरकारले देशभरका सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचारको शुल्क लिन निर्देशन दिएको थियो । सरकारविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएपछि बाध्य भएर शुल्क लिने निर्णय फिर्ता लिएको थियो ।

    अझै पनि सर्वसाधारण जनताले निःशुल्क रूपमा कोरोनाको परीक्षण र उपचार पाइरहेका छैनन् । सरकारी मापदण्ड र प्रावधानको बहानामा जनताले निःशुल्क सेवाबाट वञ्चित हुनुपरेको मौकालाई कतिपय निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाले पैसा कमाउने अवसरका रूपमा प्रयोग गरिरहेका छन् । सबै जनताको कोरोनाको परीक्षण र उपचार निःशुल्क रूपमा सरकारले नै गर्नुपर्ने भएपनि ओली सरकार निकम्मा हुँदा जनताहरू पनि पैसा तिर्न बाध्य छन् ।

    कास्की जिल्लाको पोखरामा भेन्टिलेटर नपाएर कोरोना संक्रमित बिरामीले मर्नु नपर्ने भन्दै भाडामा भेन्टिलेटर उपलब्ध गराउने सेवा सञ्चालन गरिएको छ । नेपाल भेन्टिलेटर सर्भिस कास्कीले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर संक्रमित बिरामीका लागि भाडामा भेन्टिलेटर उपलब्ध गराउने जानकारी दिएको छ ।

    माग अनुसार सरकारी, सामुदायिक र निजी अस्पतालमा उपचाररत बिरामीका लागि भेन्टिलेटर उपलब्ध गराउने योजना रहेको जनाइएको छ । तर सरकारले अस्पतालहरूमा पर्याप्त भेन्टिलेटरको व्यवस्था गर्न सकेको छैन । सामान्य उपचार समेत गर्न नसकेर कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने प्रावधान लागू गरिएको छ ।

    भेन्टिलेटरको माग भए अनुसार उपलब्ध गराइने समितिका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार पहिलो चरणमा संस्थाले ४ वटा भेन्टिलेटर र हाइफ्लोज नोजल क्यानेलाबाट बिरामीलाई अक्सिजनको मात्रा प्रवाह गर्नेछ । आवश्यकता अनुसार सरकारी अस्पतालले १ हजार, सामुदायिकले २ हजार र निजी अस्पतालले ३ हजार रुपैयाँ सेवा शुल्क प्रतिदिन तिरेर भेन्टिलेटर प्रयोग गर्न पाउने गरी शुल्क निर्धारण गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend