काठमाडौँ- चिनियाँ बिरूद्ध पोखरामा प्रदर्शन भएको छ । मुस्लिम कल्याणकारी समाज, कास्कीले चिनियाँ सरकारले उइगर मुस्लिमहरुमाथि गर्दै आएको दमनको विरोध गर्दै पोखरामा प्रदर्शन गरेका हुन् ।
समाजले उइगरहरुमाथि दमन नगर्न पनि चीन सरकारलाई चेतावनी दिएको छ । चीनमा उइगर मुस्लिमहरुको स्थिति गम्भिर छ । सोही अवस्थाप्रति नेपाली मुस्लिमहरू आक्रोशित बनेका हुन् । मुस्लिम कल्याणकरी समाज चिनियाँ सरकारको क्रूर मानव अधिकार उल्लंघनको बारेमा आफ्नो विचार व्यक्त गर्न अन्तर्राष्ट्रिय समुदायमा सामेल भएका छन्।
केही दिन अघि केही मुस्लिम संगठनहरूले काठमाडौंलगायत देशका विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन गरेका थिए। त्यही क्रममा मुस्लिम कल्याणकारी समाजका कार्यकर्ताहरूको एउटा समूहले पोखरामा पनि चिनियाँ सरकारलाई चीनमा उइगुरहरू बिरूद्ध स्थानीय मुसलमानहरूमाथि भइरहेको दमन विरुद्ध विरोध प्रदर्शन गरेको हुन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।