आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अमेरिकाले चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको निर्वासित तिब्बतीहरुद्वारा स्वागत

अमेरिकाले चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको निर्वासित तिब्बतीहरुद्वारा स्वागत

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 6.9K
    SHARES

  • अमेरिकाले चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको निर्वासित तिब्बतीहरुद्वारा स्वागत

    काठमाडौँ- निर्वासनमा रहेको तिब्बती सरकारले संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाएको प्रतिबन्धको निर्णयको स्वागत गरेका छन् ।

    भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै निर्वासित तिब्बत सरकारका प्रवक्ता टीजी आर्यले भने, "मलाई लाग्द अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि चालेको कदम धेरै राम्रो छ ।

    किनभने चीनले निश्‍चित नियमहरुको पालना गर्नुपर्छ । तर, चीनले तिब्बत, उइगर र मंगोलियामा गरिरहेको गतिविधि प्रशंसायोग्‍य छैन ।" उनले थपे, "त्यहाँ विभिन्‍न मानवअधिकार उल्लंघनका घटनाहरु भएका छन् ।

    धार्मिक स्वतन्त्रतालाई कुण्ठित पारिएको छ । अन्तर्राष्ट्रिय समुदायले भनिरहेको कुरालाई चीनले कुनै चासो दिइरहेको छैन ।" चीनले स्वायत्त क्षेत्र तिब्बत र तिब्बती क्षेत्रहरुमा चीनले लगातार दमन र शोषण गरिरहेको छ ।

    सन् २०१८ मा तिब्बतमाथि गरेका गतिविधिको समानान्तर हुने गरी अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारका अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले तिब्बती क्षेत्रहरु क्षेत्रीय स्थायित्व र शान्तिका लागि महत्वपूर्ण भएको बताएका थिए ।

    उनले तिब्बतमा भइरहेका मानवअधिकार विरोधी गतिविधिको विरोध गरेका थिए । तिब्बतीयन तथा विश्वभरका समर्थकहरुले निर्वासनमा रहेका तिब्बती धार्मिक गुरु दलाई लामाको ८५ औं जन्मोत्सव मनाएपछि अमेरिकी विदेशमन्त्रीको उक्त अभिव्यक्ति आएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०४:२७:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend