शुक्रवार, मंसिर १६ २०७९Dec 02 2022

Logo
images

मंगोलियास्थित चिनियाँ दूतावासअघि प्रदर्शन, ३० प्रदर्शनकारी प्रकाउ

मंगोलियास्थित चिनियाँ दूतावासअघि प्रदर्शन, ३० प्रदर्शनकारी प्रकाउ

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७


  • मंगोलियास्थित चिनियाँ दूतावासअघि प्रदर्शन, ३० प्रदर्शनकारी प्रकाउ

    काठमाडौं - मंगोलियास्थित चिनियाँ दूतावासअघि व्यापक विरोध प्रदर्शन गरिएको छ । चीनले आफ्नो भाषा र संस्कृतिमा दमन गरेको भन्दै चिनियाँ दूतावासअघि प्रदर्शन गरिएको हो ।

    प्रहरीले प्रदर्शनमा सहभागी ३० जनालाई पक्राउ गरेको छ । चीनले मंगोलियामाथि दमनको नीति लिएको र मंगोलियाको भाषा र संस्कृतिमाथि प्रहार गरिरहेको विरोधमा मंगोलियनहरु लामो समयदेखि चीनको आलोचना गरिरहेका थिए ।

    images
    images
    images

    पछिल्लो समय चीनले मंगोलियन भाषामा पठनपाठन गर्न नपाइने बताएपछि मंगोलियनहरु आक्रोशित बनेका हुन् । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले साताको सुरुवातदेखि नै विरोध गर्दै आएका थिए ।

    मंगलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि अभिभावकरुले उक्त नीतिको विरोधस्वरुप बच्चाहरुलाई विद्यालय भर्ना गरेका थिएनन् । चीन सरकारले जारी गरेको नियम अन्तर्गत भित्री मंगोलियामा तीन विषयमा अनिवार्य चिनियाँ औपचारिक भाषा मेन्डारिनमा पढाउनु पर्ने बताइएको थियो ।

    मंगोलियनहरू यो कदमलाई तिनीहरूको सांस्कृतिक पहिचानको लागि खतरा भएको बताएका थिए । चिन सरककारले परिवर्तन गरेको यस नियमको विरोधमा विद्यार्थी र अभिभावकको ठूलो संख्यामा उपस्थित भएका थिए । साताको सुरुवातबाट विभिन्‍न सहरहरुमा सरकारविरुद्धका प्रदर्शनहरु सुरु भएका छन् ।

    "हाम्रो भाषा मंगोलियाई हो, र हाम्रो मातृभूमि सदाको लागि मंगोलिया हो ! हाम्रो मातृभाषा मंगोलियाई हो, र हामी आफ्नो मातृभाषाको लागि मर्नेछौं !" हालसालै भएको एउटा विरोध प्रदर्शनमा विद्यार्थीहरूले अमेरिकी सरकारले वित्त पोषित ब्रोडकास्टर रेडियो फ्री एशियासँग भने ।

    सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन गरेको चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेर हङकङको स्वायत्ततामा प्रहार गरेको छ । अहिले पछिल्लो समय मंगोलियाको भाषा र संस्कृतिमा प्रहार गरिरहेको चीनले भारतसँग पनि सीमा समस्या सिर्जना गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:२७:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend