बेइजिङ - चिनियाँ अधिकारीहरुले विभिन्न १३ स्थानमा ५९ तिब्तीयनहरुलाई परिवारलाई बलपूर्वक स्थानान्तरण गराएका छन् ।
फ्रि तिब्बत रिसर्च पार्टनर, तिब्बत वाचका अनुसार पूर्वी तिब्बतका १३ स्थानमा रहेका ५९ परिवारलाई बलपूर्वक स्थानान्तरण गराएको हो ।
फ्रि तिब्बतको वेबसाइटका अनुसार सन् २०१८ को चीनको गरिबी निवारण कार्यक्रम अन्तर्गत पूर्वी तिब्बतको पयुलको दोलिङ गाउँबाट पलयुल काउन्टीमा सरेका थिए ।
त्यहाँ चीन सरकारले बनाएको भवनहरुको छतमा चिनियाँ झण्डा फहराएको देखिन्छ भने चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङसहितका नेताहरुका तस्बिरहरु घरमा सजाइएका छन् ।
सन् २०१८ र २०१९ मा त्यहाँबाट करिब ४०० तिब्तीय परिवारलाई चिनियाँ अधिकारीहरुले बलपूर्वक हटाएको थियो । यस विषयमा चिनियाँ अधिकारीहरुले गरिबी निवारण कार्यक्रम अन्तर्गत नयाँ भवन बनाउनुपर्ने भएकोले उनीहरुलाई स्थानान्तरण गरिएको बताएको छ ।
उनीहरुलाई सुरुमा राम्रो शिक्षा र गुणस्तरीय जीवनयापनका लागि प्रलोभनहरु देखाए पनि उनीहरुले नमानेपछि बल प्रयोग गरेर हटाइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।