आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपाल र श्रीलन्कामा चीनले हस्तक्षेप बढायो : अमेरिका

नेपाल र श्रीलन्कामा चीनले हस्तक्षेप बढायो : अमेरिका

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 7.3K
    SHARES

  • नेपाल र श्रीलन्कामा चीनले हस्तक्षेप बढायो : अमेरिका

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन् ।

    कर्टिसले एक कार्यक्रममा सम्बोधन गर्दै छिमेकी देशहरूमा चीनको बढ्दो हस्तक्षेप र रणनीतिबारे विशेषन भइरहेको बताएकी हुन् ।

    पछिल्लाे केही महिनादेखि चीनले छिमेकी मुलकमा हदैसम्मकाे हस्तक्षेप गरिरहेकाे उनको दाबी छ। उनले भनिन्, 'चीनले आफ्ना छिमेकीहरूको सार्वभौमिकतामाथी हमला बोलेको उदाहरणहरू देख्छौं। मे महिनातिर चिनियाँ सरकारी मिडियाले नेपालको सार्वभौमिकताको प्रतीक माउन्ट एभरेष्ट चीनको हो भनेर आलेख छापेको थियो । त्यस्तै, उसले पूर्वी भूटानको पनि केही क्षेत्रमाथि दावी गरेको थियो ।'

    उनले नेपालसंगै श्रीलंकामा पनि चीनले ब्यापारको बहाना बनाएर आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको आरोप लगाएकी छिन्। उनले नेपाललगाएतका चीनका छिमेकी मुलूकलाई सचेत रहन आग्रह गरेकी छिन । एजेन्सी। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०४:२७:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend