बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सुदूरपश्चिमकै बढी पशुबलि हुने क्षेत्र सिल

सुदूरपश्चिमकै बढी पशुबलि हुने क्षेत्र सिल

  • मिडिया डबली
  • शनिवार, कार्तिक ८ २०७७

  • 4.6K
    SHARES

  • सुदूरपश्चिमकै बढी पशुबलि हुने क्षेत्र सिल

    बैतडी – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ ।  यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो । 

    शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो ।  पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताए । यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो । उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ । 

    जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै बलिमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए। यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ ।  यसका साथै सवारी आवागमनमा रोक लगाईएको छ । 

    महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकोले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको हो ।  

    वडा कार्यालयले एक सूचना प्रकासित गरेर शुक्रबार र  शनिवार बजार बन्द गर्नुका साथै शनिवार बजारमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।  

    महाअष्टमीको दिन शनिवार देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने बलिसहितको जात्रामा भीडभाडमा रोक लगाउन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

     यस्तै मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाईएमा ५ हजार जरीवाना, कसैले मदिराको बिक्री वितरण गरेको पाइएमा १० हजार जरीवाना र कसैले जुवातास खेलेको अथवा खेलाइएको पाइएमा ५ हजार जरीवाना गरिने सूचनामा उल्लेख गरिएको छ ।

     यसअघि जिल्ला सुरक्षा समिति  र कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा हुने सबै प्रकारका जात्रा, मेला, बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरिसकेको छ ।  यसका साथै जिल्लाका अन्य शक्तिपीठमा पनि  भीडभाड हुने  गरी पूजाआजाका कार्यक्रम नगर्न अनुरोध गरिएको छ । बैतडीमा दशैंतिहारको बेला सुदूरपश्चिम प्रदेशकै बढी पशुबलि हुने गर्दछ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend