मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

सेनापतिसँगको टक्कर ईश्वर पोखरेललाई भयो महँगो

सेनापतिसँगको टक्कर ईश्वर पोखरेललाई भयो महँगो

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 5.2K
    SHARES

  • सेनापतिसँगको टक्कर ईश्वर पोखरेललाई भयो महँगो

    काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानसेनापति पूर्णचन्द्र थापासँगको टक्कर निकै महँगो परेको छ ।

    रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा फास्ट टयाक निर्माणबारे पोखरेलले नेपाली सेनालाई लकिरको फकिर भनी दिएको अभिव्यक्तिले उनको पद घटुवा भएको चर्चा सुरु भएको छ ।

    प्रधानसेनापति थापाले उपप्रधानमन्त्री पोखरेलविरुद्ध प्रधानमन्त्री केपी ओलीसमक्ष गरेको ब्रिफिङले नै यो अवस्था आएको बताइन्छ । रक्षा मन्त्रालयमा आफन्तलाई नियुक्ति, स्वास्थ्य सामग्री खरिदमा पोखरेलकै संलग्नतामा अनियमितता भएको नेपाली सेनाको संगठनलाई बदनाम गरेको सेनापति थापाको आरोप छ ।

    साथै फास्ट टयाक सडकमा नेपाली सेनाले भ्रष्टाचार गरेको भन्दै पोखरेलले लकिरका फकिर भनी दोषारोपण गरेका थिए । मन्त्री पोखरेलको यो अभिव्यक्तिपछि सेना निकै आक्रोशित बनेको थियो ।

    कतिसम्म सेनाले लामो विज्ञप्तिसमेत जारी गर्नुपरेको थियो । मिडियामा पनि रक्षामन्त्री र नेपाली सेनाबीच कटुता भन्दै समाचार आएपछि रक्षा मन्त्रालयले समेत विज्ञप्ति प्रकाशित गरेर स्पष्टीकरण दिनुपरेको थियो ।

    यिनै कारण प्रधानसेनापति थापाले मन्त्री पोखरेललाई निरन्तरता नदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको विशेष स्रोतले जानकारी दिएको छ ।

    यसका साथै आफ्नो सम्धी उपेन्द्र कोइरालालाई राजनीतिक नियुक्ति दिलाउन पनि पोखरेलले निकै जोडबल गरेकोमा पनि प्रधानमन्त्री ओलीलाई चित्त बुझेको थिएन । पोखरेललाई साइजमा ल्याउन नेकपा महासचिव विष्णु पौडेलको पनि विशेष भूमिका रहेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १ २०७७०६:५७:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend