बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्डसामु ईश्वर पोखरेलको दम्भ- छिनोफानो गर्नै पर्छ

प्रचण्डसामु ईश्वर पोखरेलको दम्भ- छिनोफानो गर्नै पर्छ

  • मिडिया डबली
  • बुधवार, मंसिर ३ २०७७

  • 5.8K
    SHARES

  • प्रचण्डसामु ईश्वर पोखरेलको दम्भ- छिनोफानो गर्नै पर्छ

    काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले लगाएका ‘मिथ्या आरोप’ को छिनोफानो गर्नै पर्ने बताएका छन् ।

    बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेता पोखरेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गरेको र यसको छिनोफानो नगरी एकता प्रकृया अगाडि बढ्न नसक्ने बताएका हुन्।

    पोखरेलले प्रधानमन्त्री ओलीलाई उदृत गर्दै लेखेका छन्, ‘यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ ।’

    बुधबार बसेको नेकपा सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावको जवाफमा आफूले पनि अर्को प्रस्ताव पेश गर्ने ओलीले बताएका थिए। नेकपाको आगामी सचिवालय बैठक मंसिर १३ गते बस्दैछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend