बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भदौ मै वाणिज्य बैंकमा नियुक्ति पाएका ईश्वर पोखरेलका सम्धी अझै कार्यालय गएका छैनन्

भदौ मै वाणिज्य बैंकमा नियुक्ति पाएका ईश्वर पोखरेलका सम्धी अझै कार्यालय गएका छैनन्

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 7.2K
    SHARES

  • भदौ मै वाणिज्य बैंकमा नियुक्ति पाएका ईश्वर पोखरेलका सम्धी अझै कार्यालय गएका छैनन्

    काठमाडौं - केपी शर्मा ओली नेतृत्वको सरकार कति नातावादमा गिजोलिएको छ भन्ने कुराको उदाहरण दर्जनौँ छन्। तर, आज हामी तपाइँहरुलाई राष्ट्रबैंकको एउटा विषयमा यहाँ जानकारी दिँदैछौँ।

    तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो कार्यकाल सकिनै लाग्दा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा एकजना विवादित पात्रलाई नियुक्ति दिए। उक्त नियुक्तिको सबैले आलोचना र टिप्पणी मात्रै गरे कसैले प्रशंसा गरेनन्। उनी थिए त्यसबेलाका रक्षामन्त्री तथा अहिलेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका ज्वाईँ डाक्टर उपेन्द्र कोइराला।

    भदौ आठमा नियुक्त भएका उनी अहिलेसम्म बैंकको कुनै पनि बैठकमा सहभागी भएका छैनन्। उच्च राजनीतिक पहुँच भएकै कारणले उनी पटक पटक सरकारको लाभका धेरै पदमा नियुक्ति खाने व्यक्तिमा पर्छन्।

    उनलाई राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष नै बनाउने गरी ल्याइएको हो। तर, त्यो योजना अब लगभव तुहिइएको छ। उनले आफू भन्दा तल्लो तहका व्यक्तिले बैठक आह्वान गरेको बाहना बनाएर बैठकमा उपस्थित नभएको बुझिएको छ।

    अहिले बैंकको संचालक रहेका अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले संचालक समितिको बैठक आव्हान गर्दै आएका छन्। कोइरालाले नियुक्ति पाएपछि सातवटा जति बैठक भएपनि उनी कुनै पनि बैठकमा उपस्थित भएका छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend