बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

संविधान मिच्ने प्रधानमन्त्रीको बचाउमा उत्रिए ईश्वर पोखरेल

संविधान मिच्ने प्रधानमन्त्रीको बचाउमा उत्रिए ईश्वर पोखरेल

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 6.3K
    SHARES

  • संविधान मिच्ने प्रधानमन्त्रीको बचाउमा उत्रिए ईश्वर पोखरेल

     काठमाडौं – सरकारका उपप्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले संविधान छलेर ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशको बचाउ गरेका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको आफ्नै पार्टीभित्र र विपक्षी दलबाट समेत बिरोध भइरहेका बेला सरकारले भने अध्यादेशको औचित्य पुष्टि गर्न खोजेको छ हो।

    गणपुरक संख्या नपुगेर कहिल्यै बैठक बस्न नसक्ने र संवैधानिक अंगहरु लामो समयदेखि रिक्त रहने अवस्थाले गर्दा अध्यादेश आवश्यक परेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । कहिले को व्यक्ति,कहिले को अनुपस्थित हुने र कामै गर्न नसकिने परिस्थिति बनेपछि सरकारसँग अध्यादेश ल्याएर संवैधानिक परिषद्को काम सुचारु गर्नुको विकल्प नरहेको पोखरेलले बताए ।

    परिषद्लाई बन्धक बाट निकाल्न अध्यादेश जारी भएको तर्क गरे। यस्तै उनले सरकार तथा राज्य सन्चालनमा निरन्तर अवरोध र अनिर्णयको बन्दी बनाइरहने दुस्प्रयासका बिरुद्ध संविधानलेनै गरेको व्यवस्थामा टेकेर अध्यादेश जारी गरिएको बताए । अध्यादेश जारी गरेर संविधानलाई गतिशील बनाउन खोजिएको उनको भनाइ छ । उक्त अध्यादेशको केपी ओली निकट नेता बाहेक कसैले पनि समर्थन गरेका छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १९ २०७७१२:०५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend