काठमाडौं- नेकपाको स्थायी कमिटी बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिमण्डल पुर्नगठनको जिम्मा दिएको छ । योसँगै दुई अध्यक्ष छलफलमा निरन्तर छन् ।
यद्यपी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, ओली र प्रचण्डको तीन छुट्टा छुट्टै मतले पुर्नगठनमा तरंग ल्याइरहेको छ । तीन शक्तिकेन्द्रले आ(आफ्ना स्वार्थअनुसार मन्त्रिपरिष्द् पुनर्गठनको प्रयास गरिरहँदा सहमतिमा ढिलाइ भइरहेको छ ।
ओली, ईश्वर पोखरेल र रामबहादुर थापा 'बादल'लाई निरन्तरता दिने र केही मन्त्रालय फुटाएर रिक्त रहेका मन्त्री मात्रै फेर्ने पक्षमा छन् । यसो गर्दा उनी सचिवालयमा बलियो रहिरहन्छन् भने पार्टीको सचिवालय र मन्त्रिपरिषद् आफूअनुकूल बनाउन सक्छन् ।
त्यस्तै प्रचण्ड, हिजोको अन्तरसंर्घषमा आफूलाई सहयोग नगर्ने मन्त्रीलाई फिर्ता बोलाउने र आफ्नो घेराभन्दा बाहिर जानेलाई मन्त्री नबनाउने तोकतामा छन् । पुरानाहरूको भर नभएका कारण नयाँलाई मन्त्री बनाउने रणनीतिमा रहेका प्रचण्डलाई अहिले ओलीले रोकिरहेका छन् ।
नेकपाको अर्काे बलियो बल माधव नेपाल, प्रधानमन्त्रीबाहेक पूरै मन्त्रिमण्डललार्य फेर्न चाहन्छन् । पर्यटनमन्त्री योगेश भट्टराईबाट अन्तरसंर्घषमा अपेक्षित सहयोग नपाएको बुझेका माधव नेपाल आफ्नो पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, विरोध खतिवडा, यज्ञराज सुनुवारलगायतका नेताहरूलाई समेट्ने सोचमा छन् ।
यसरी नेकपामा तीन थरी अनुकुलताको पक्षधारण भइरहेका कारण मन्त्रीमण्डल पुर्नगठनमा ढिलाइ भइरहेको बताइन्छ ।
यी हुन् ६ जना नयाँ मन्त्री बन्ने भाग्यमानीहरु, को को छन् ‘रेड जोन’ मा ?
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।