आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रधानमन्त्री बन्न वामदेव गौतमले निकाले अर्काे नयाँ ‘आइडिया’ !

प्रधानमन्त्री बन्न वामदेव गौतमले निकाले अर्काे नयाँ ‘आइडिया’ !

  • मिडिया डबली
  • बिहिवार, बैशाख २५ २०७७

  • 68.0K
    SHARES

  • प्रधानमन्त्री बन्न वामदेव गौतमले निकाले अर्काे नयाँ ‘आइडिया’ !

    काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएर सांसद हुन नसकेपनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री बन्न अनेक आइडिया निकालिरहेका उपाध्यक्ष वामदेव गौतमले पुनः अर्काे जुक्ति निकालेका छन् ।

    नेकपा सचिवालय बैठकमा बुधवार उपाध्यक्ष वामदेव गौतमले गुट नभएसम्म बलियो नभइँदो रहेछ भन्ने सन्देश मिलेको बताएका छन् ।

    नेकपामा गुट बनाउने र बलियो भएर प्रधानमन्त्री बन्न सकिने नेता गौतमको आइडिया थियो । उनले गुट भएपछि मात्रै नेता पनि बलियो हुँदा रहेछन् भनेर अभिव्यक्ति दिएका छन् ।

    ‘तपाईंहरु सबैको आ–आफ्नो गुट छ, बलियो हुनुहुन्छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि अब एउटा छुट्टै गुट बनाउँछु ।’

    बैठकमा गौतमले छुट्टाछुट्टै गुटबन्दी गरेर नेताहरूले ठीक नगरेको प्रतिक्रिया दिएका थिए । गौतम पछिल्लो समय नेकपा सचिवालयमा कहिले प्रधानमन्त्री केपी शर्मा ओली र कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुटमा यता र उता गरिरहेका छन् ।

    गत शनिवारको सचिवालय बैठकपछि ओली गुटमा मिसिएका गौतमले बिहीवार आफूलाई तटस्थ नेताका रुपमा व्याख्या गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०६:२३:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend