काठमाडौं–देशका ४० भन्दा बढी जिल्लामा भएको निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन् । काठमाडौं उपत्यकामा भने निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने उनीहरूको भनाइ छ ।
निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने सक्ने विज्ञको अनुमान रहेको छ ।
उपत्यकामा शनिबार मात्रै देशभरिको दाँजोमा करिब एक तिहाइभन्दा बढी ९२१६ जना० मा संक्रमण पुष्टि भएको छ । देशभर यस दिन ६ सय ३४ जना संक्रमित थपिएका थिए । निषेधाज्ञाले संक्रमण विस्तारमा कमी भएको आकलन छ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेको पनि ।
‘राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘तर उपत्यकाबाहिर पहिलेदेखि नै निषेधाज्ञाले गर्दा संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको कान्तिपुर दैनिकले लेखेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।