बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनले गाँउ कब्जा गरेको विरोधमा परराष्ट्रमन्त्रीको तस्बीर जलाउँदै जनकपुरमा भव्य प्रदर्शन

चीनले गाँउ कब्जा गरेको विरोधमा परराष्ट्रमन्त्रीको तस्बीर जलाउँदै जनकपुरमा भव्य प्रदर्शन

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ १९ २०७७

  • 7.2K
    SHARES

  • चीनले गाँउ कब्जा गरेको विरोधमा परराष्ट्रमन्त्रीको तस्बीर जलाउँदै जनकपुरमा भव्य प्रदर्शन

    जनकपुर - चीनले भूमि मिचेको विरोधमा जनकपुरमा भव्य प्रदर्शन भएको छ । हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको हो ।

    चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसकाविरुद्ध अभियानले देशव्यापी विरोध प्रर्दशन शुरु गरेको हो । गत हप्ता अभियानले चीनलाई उक्त भुमी छोड्न दबाव दिदैं काठमाडौँ र विरगञ्जमा पनि प्रदर्शन गरेको थियो ।

    अभियन्ता मनिष हिन्दूको नेतृत्वमा जनकपुरको जनक चौकमा शुक्रबार भएको प्रदर्शनमा 'चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाईदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दाबाद' लगायतका नारा लागेको थियो । प्रदर्शनकारीहरुले चीनले नेपालको सिमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विरसमेत जलाएका थिए ।

    प्रदर्शनकारीहरुले सगरमाथा नेपालको भएको भन्दै सगरमाथा आफ्नो देशमा भएको दाबी गर्ने चीनविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

    कार्यक्रममा प्रदर्शनकारीहरुले परराष्ट्रमन्त्री चीनको एजेन्डामा चलेको भन्दै उनको बर्खास्तीको समेत माग गरेका थिए । उनीहरुले प्रदीप ज्ञवालीलाई बर्खास्त नगरे आफ्नो आन्दोलन अझै चर्को बनाउँदै लैजानेसमेत बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७०८:१८:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend