आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, कस्तो छ अवस्था ?

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, कस्तो छ अवस्था ?

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 6.5K
    SHARES

  • मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, कस्तो छ अवस्था ?

    बुटवल- काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएको छ । बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई गाडीमाथि ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट तीन वटै गाडीमा क्षति भएको छ ।

    ढुंगा प्रहार भएपछि पहिल्यैदेखि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाई फायर गरेको थियो । त्यस्तै भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा  समेत देखाइएको थियो ।

    प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द आह्वान गरेकाले कडा सुरक्षाबीच मुख्यमन्त्री भैरहवाबाट बुटवल आउँदै थिए । यसबीच उनको गाडीमाथि ढुंगा प्रहार भएको हो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७०८:१८:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend