आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

न्यायको माग गर्दै सरकारविरुद्ध सडकमा उर्लिए जनता

न्यायको माग गर्दै सरकारविरुद्ध सडकमा उर्लिए जनता

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 5.4K
    SHARES

  • न्यायको माग गर्दै सरकारविरुद्ध सडकमा उर्लिए जनता

    बझाङ- मष्टा गाउँपालिका वडा नं २ की १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आज पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रर्दशन गरेका छन् । 

    उनीहरुले ‘न्याय कहिले पाउने रु’ भन्दै प्रश्न गरेका छन् । बुधबार साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै मृत्यु भएको थियो ।

    घटनामा संलग्न भएको आशंकामा अन्दाजी २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा यस अघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ । सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन् । 

    घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । बझाङको मष्टा–२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । 

    जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सबै तथ्य प्रमाण हेर्दा बोहोरा नै दोषी रहेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७०८:१८:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend